आईपीओमा नयाँ रेकर्ड : १५ लाख २९ हजार बढीले भरे इन्फ्रास्ट्रकचर बैंकको आवेदन « Khabarhub

आईपीओमा नयाँ रेकर्ड : १५ लाख २९ हजार बढीले भरे इन्फ्रास्ट्रकचर बैंकको आवेदन


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन परेको छ ।

कम्पनीको आइपीओमा आज मंगलबार साँझ ६ बजेसम्ममा १५ लाख २९ हजार ६ सय ६० जनाको आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन परेको सिडीएससीले जनाएको छ ।

कुनै पनि आइपीओमा १५ लाख बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो हो ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आइपीओको अन्तिम डाटा बुधबार मात्र आउने जनाएको छ ।

यस अघि चन्द्रागिरी हिल्सको आईपिओमा साढे १२ लाखले आवेदन दिएका थिए ।

बैंकले गत शुक्रवारदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आइपीओ निष्काशन गरेको हो।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : १२ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका