आईपीओमा नयाँ रेकर्ड : १५ लाख २९ हजार बढीले भरे इन्फ्रास्ट्रकचर बैंकको आवेदन | Khabarhub Khabarhub

आईपीओमा नयाँ रेकर्ड : १५ लाख २९ हजार बढीले भरे इन्फ्रास्ट्रकचर बैंकको आवेदन


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन परेको छ ।

कम्पनीको आइपीओमा आज मंगलबार साँझ ६ बजेसम्ममा १५ लाख २९ हजार ६ सय ६० जनाको आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन परेको सिडीएससीले जनाएको छ ।

कुनै पनि आइपीओमा १५ लाख बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो हो ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आइपीओको अन्तिम डाटा बुधबार मात्र आउने जनाएको छ ।

यस अघि चन्द्रागिरी हिल्सको आईपिओमा साढे १२ लाखले आवेदन दिएका थिए ।

बैंकले गत शुक्रवारदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आइपीओ निष्काशन गरेको हो।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : १२ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार