एन्फा साधारणसभा : कार्यसमिति सदस्य संख्या बढाउनेदेखि संशोधन प्रस्ताव पारितसम्मका निर्णय | Khabarhub Khabarhub

एन्फा साधारणसभा : कार्यसमिति सदस्य संख्या बढाउनेदेखि संशोधन प्रस्ताव पारितसम्मका निर्णय


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरस्थित एक होटलमा मंगलबार एन्फाको साधारण सभा सम्पन्न भएको हो ।

एन्फा नेतृत्वले साधारणसभा सफल भयो भनिरहँदा एन्फाको अर्को पक्ष भने बाहिर साङ्केतिक विरोध जनाइ रहेको थियो ।

होटलबाहिर पम्प्लेट टाँसेरै साधारण सभाको विरोध भइरहेको थियो । जसमा एन्फा विधि विधान अनुसार नचलेको देखि विभिन्न ५ बुँदा लेखिएको थियो ।

त्यतिमात्रै होइन एन्फाको साधारणसभा सुरु नहुँदै सभा हलमा विघटित भक्तपुर जिल्ला संघले आफुले साधारण सभामा उपस्थित हुन पाउनुपर्ने माग राख्दै उपिल पत्र विभिन्न सिटमा राखेको थियो ।

यस्तै, साधारणसभाले आगामी वर्षदेखि एन्फामा हुने विभिन्न पदाधिकारीको मनोनयन परम्परालाई संशोधन गरेको छ ।

तर, १७ सदस्यीय रहँदै आएको कार्यसमिति सदस्य संख्या भने बढाएर २१ पुर्‍याएको छ ।

जसमा यसअघिदेखि मनोनयनबाट छानिने पदहरुका लागि पनि चुनाव हुनेछ । २१ मध्ये २ महलिा सदस्य अनिवार्य हुने व्यवस्था विधानमा गरिएको एन्फा प्रवक्ता किरण राईले बताएका छन् ।

केही यस्ता छन् निर्णाय
१, अध्यक्ष कर्माछिरिङ शेर्पाको वार्षिक प्रतिवेदनको पास ।
२, गत वर्षको आम्दानी र खर्च अनुमोदन। आम्दानी ४० करोड २६ लाख, खर्च ४१ करोड २६ लाख ।
३, आगामि २०७७–०७८ को बजेट तथा कार्यक्रम पारित गरेको । जसका लागि ८५ करोड ६६ लाख, बाँकी रहेको लिग, प्रदेश लिगहरु, सहिद स्मारक लिग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किसिमका गरि फुटबल प्रतियोगिता हुनेछन् ।
४, खोटाङ, मनाङ र नवलपरासी पूर्वलाई स्थायी सदस्यता प्रदान ।
५, विधान संशोधनका विषयमा शंसोधन प्रस्ताव परेका । फिफा एएफसी र नेपालको राष्ट्रिय खेलकुद ऐन अनुसारका मर्मलाई मध्यनजर गर्दै संशोधन गर्ने प्रस्ताव पारित ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : ४५ बजे

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैनः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत

कृषिबाट आम्दानी लिँदै नेकपाका कार्यकर्ता

गण्डकी – उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका

विकासको पहिलो खुड्किला शिक्षा : मुख्यमन्त्री लामा

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकासको पहिलो खुड्किला

‘क्यान्सरले अस्पतालको बेडमा पुगेपछि आफन्त–पराई सबै चिनेँ’

पोखरा- मेरो जीवनका तीन घुम्ती छन् । जहाँसम्म मलाई सम्झना