एन्फा साधारणसभा : कार्यसमिति सदस्य संख्या बढाउनेदेखि संशोधन प्रस्ताव पारितसम्मका निर्णय « Khabarhub

एन्फा साधारणसभा : कार्यसमिति सदस्य संख्या बढाउनेदेखि संशोधन प्रस्ताव पारितसम्मका निर्णय


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरस्थित एक होटलमा मंगलबार एन्फाको साधारण सभा सम्पन्न भएको हो ।

एन्फा नेतृत्वले साधारणसभा सफल भयो भनिरहँदा एन्फाको अर्को पक्ष भने बाहिर साङ्केतिक विरोध जनाइ रहेको थियो ।

होटलबाहिर पम्प्लेट टाँसेरै साधारण सभाको विरोध भइरहेको थियो । जसमा एन्फा विधि विधान अनुसार नचलेको देखि विभिन्न ५ बुँदा लेखिएको थियो ।

त्यतिमात्रै होइन एन्फाको साधारणसभा सुरु नहुँदै सभा हलमा विघटित भक्तपुर जिल्ला संघले आफुले साधारण सभामा उपस्थित हुन पाउनुपर्ने माग राख्दै उपिल पत्र विभिन्न सिटमा राखेको थियो ।

यस्तै, साधारणसभाले आगामी वर्षदेखि एन्फामा हुने विभिन्न पदाधिकारीको मनोनयन परम्परालाई संशोधन गरेको छ ।

तर, १७ सदस्यीय रहँदै आएको कार्यसमिति सदस्य संख्या भने बढाएर २१ पुर्‍याएको छ ।

जसमा यसअघिदेखि मनोनयनबाट छानिने पदहरुका लागि पनि चुनाव हुनेछ । २१ मध्ये २ महलिा सदस्य अनिवार्य हुने व्यवस्था विधानमा गरिएको एन्फा प्रवक्ता किरण राईले बताएका छन् ।

केही यस्ता छन् निर्णाय
१, अध्यक्ष कर्माछिरिङ शेर्पाको वार्षिक प्रतिवेदनको पास ।
२, गत वर्षको आम्दानी र खर्च अनुमोदन। आम्दानी ४० करोड २६ लाख, खर्च ४१ करोड २६ लाख ।
३, आगामि २०७७–०७८ को बजेट तथा कार्यक्रम पारित गरेको । जसका लागि ८५ करोड ६६ लाख, बाँकी रहेको लिग, प्रदेश लिगहरु, सहिद स्मारक लिग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किसिमका गरि फुटबल प्रतियोगिता हुनेछन् ।
४, खोटाङ, मनाङ र नवलपरासी पूर्वलाई स्थायी सदस्यता प्रदान ।
५, विधान संशोधनका विषयमा शंसोधन प्रस्ताव परेका । फिफा एएफसी र नेपालको राष्ट्रिय खेलकुद ऐन अनुसारका मर्मलाई मध्यनजर गर्दै संशोधन गर्ने प्रस्ताव पारित ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : ४५ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई