काठमाडौँ– गत वर्ष भारत र चीनको सीमा क्षेत्र गलवानमा भएको सैनिक झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको चीनले खुलासा गरेको छ ।
उक्त झडपमा भारतले आफ्ना २० सैनिक मारिएको बताए पनि चीनले भने कति सैनिकको मृत्यु भएको हो भन्ने खुलाएको थिएन ।
यसैबीच चीनको केन्द्रीय सैनिक आयोगले कारकाेरम पर्वतमा ड्युटीमा रहेका चार सैनिकको बलिदानीको चर्चा गरेको थियो ।
गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको बताएको हो ।
उक्त झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग ज़ुओरन गरी चारको मृत्यु भएको ग्लोबल टाइम्सले तयार पारेको समाचारमा उल्लेख छ ।
चीनले चार जनाको मात्रै मृत्यु गरे पनि भारतीयले पक्षले भने अझ धेरै सैनिकको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । यता चीनले आफ्ना ५० भन्दा बढी सैनिकलाई विमानबाट उद्दार गरेको बताएको छ ।
प्रतिक्रिया