केन्द्रीय सदस्यको परिचय खुल्ने कागजातसहित निर्वाचन आयोग जाँदै नेकपाको दाहाल-नेपाल समूह « Khabarhub

केन्द्रीय सदस्यको परिचय खुल्ने कागजातसहित निर्वाचन आयोग जाँदै नेकपाको दाहाल-नेपाल समूह


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न बहुमत केन्द्रीय सदस्यहरुको परिचय खुल्ने कागजातसहित निर्वाचन आयोग जाने भएको छ ।

केन्द्रीय समितिको साविकको ४४१ सदस्यमध्ये आफूसँग ३१५ जना सदस्य रहेको दाबी गर्दै आएको यो समूह नागरिकता वा पार्टीको परिचयसहित निर्वाचन आयोग जान लागेको हो ।

सबै केन्द्रीय सदस्यहरुलाई मध्याह्नसम्म पार्टी कार्यालय पेरिसडाँडामा परिचय खुल्ने कागजात बुझाउन निर्देशन दिइएको छ । तर, सबै सदस्यहरूको कागजात संकलन भएपछि आजै निर्वाचन आयोग जाने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

पुस ५ मा सरकारले संसद विघटन गरेलगत्तै विभाजित भएको नेकपा अहिलेसम्म बैधानिकरूपमा विभाजित भएको छैन ।

दुबै समूहले नयाँ पार्टीका लागि निवदेन पनि नदिएको र आधिकारिक भएको दाबी गर्ने सबै कागजी प्रक्रिया पूरा नगर्दा निर्वाचन आयोगसमेत अलमलमा पर्दै आएको छ ।

यसअघि दाहाल-नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाणस्वरूप गत पुस ८ मा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ३२ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६