केन्द्रीय सदस्यको परिचय खुल्ने कागजातसहित निर्वाचन आयोग जाँदै नेकपाको दाहाल-नेपाल समूह « Khabarhub

केन्द्रीय सदस्यको परिचय खुल्ने कागजातसहित निर्वाचन आयोग जाँदै नेकपाको दाहाल-नेपाल समूह


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न बहुमत केन्द्रीय सदस्यहरुको परिचय खुल्ने कागजातसहित निर्वाचन आयोग जाने भएको छ ।

केन्द्रीय समितिको साविकको ४४१ सदस्यमध्ये आफूसँग ३१५ जना सदस्य रहेको दाबी गर्दै आएको यो समूह नागरिकता वा पार्टीको परिचयसहित निर्वाचन आयोग जान लागेको हो ।

सबै केन्द्रीय सदस्यहरुलाई मध्याह्नसम्म पार्टी कार्यालय पेरिसडाँडामा परिचय खुल्ने कागजात बुझाउन निर्देशन दिइएको छ । तर, सबै सदस्यहरूको कागजात संकलन भएपछि आजै निर्वाचन आयोग जाने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

पुस ५ मा सरकारले संसद विघटन गरेलगत्तै विभाजित भएको नेकपा अहिलेसम्म बैधानिकरूपमा विभाजित भएको छैन ।

दुबै समूहले नयाँ पार्टीका लागि निवदेन पनि नदिएको र आधिकारिक भएको दाबी गर्ने सबै कागजी प्रक्रिया पूरा नगर्दा निर्वाचन आयोगसमेत अलमलमा पर्दै आएको छ ।

यसअघि दाहाल-नेपाल समूहले आफ्नो पार्टी आधिकारिक रहेको प्रमाणस्वरूप गत पुस ८ मा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ३२ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक