जनजीवनमा नदेखिने परिवर्तनको अर्थ छैन : मुख्यमन्त्री पौडेल « Khabarhub

जनजीवनमा नदेखिने परिवर्तनको अर्थ छैन : मुख्यमन्त्री पौडेल


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको जीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा आज प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधनगर्दै मुख्यमन्त्री पौडेलले व्यवस्था बदलिने तर जनताको अवस्था नबदलिने विगतको नजिरलाई बदल्दा मात्र उज्यालो भविष्यको निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।

“हामी आफैँले आफ्नो पौरखको जगमा यो देशलाई बनाउनुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्नुपर्छ”, मुख्यमन्त्री पौडेलले भने ।

उनले स्रोत र साधनमा नेपाल समृद्ध रहेको तथा दुई ठूला राष्ट्रबीच रहेको देशको भूराजनीतिक संवेदनशीलतासँगै अवसर पनि उत्तिकै रहेको बताए । पौडेलले सम्भावना हुँदाहुँदै पनि लामो समयदेखि देशका हजारौँ युवा विदेश पलायन हुने क्रम नरोकिएको उल्लेख गरे ।

“सूचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनियाँ तिव्रतर गतिमा अघि बढेको छ । मानिसका जीवन दिन प्रतिदिन सरल र सहज बन्दै गइरहेका छन् तर नेपाली जनताको जीवन उस्तै कष्टप्रद हुनु आजको शताब्दी सुहाउँदो कुरा होइन”, उनले भने ।

यसक्रममा शिक्षित युवाको रोजाई अष्ट्रेयिला, क्यानडा, श्रम र सीप भएका युवाको रोजाई मलेसिया, कतारजस्ता देश बन्न पुगेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले भने, “युवाको भरमा कतार र मलेसियामा आलिसान महल ठडिए, पूर्वाधार विकास गरियो तर हामी जसोतसो घिस्री रहेका छौँ । यस अवस्थालाई बदल्नु हाम्रो प्रमुख दायित्व हो ।”

मुख्यमन्त्री पौडेलले जनताले सुम्पिएको महत्वपूर्ण अभिभारा अनुसार सरकारले थुप्रै काम गरेको दाबी गरे । उनले विश्वमञ्चमा सार्वभौम देशको हैसियतमा बलियोसँग उपस्थित हुने अवस्था निर्माण भएको बताए ।

सानो देशका गरिब जनता भन्ने हीन भावनाबाट मुक्ति मिलेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले भूगोल सानोठूलो होला, स्वाधिनता र स्वाभिमान समान हुन्छ भन्ने मान्यता स्थापित भएको तर्क थियो ।

उनले प्रजातन्त्रको यही मूलभूत मान्यताभित्र रहेर सङ्घीय सरकारले ताजा जनादेशको लागि प्रतिनिधिसभाको नयाँ निर्वाचनको घोषणा गरेको बताए । “निश्चय नै निर्वाचनको विषयमा मत मतान्तर हुनसक्छ तर प्रजातन्त्र वा लोकतन्त्र निर्विकल्प छ”, मुख्यमन्त्री पौडेलले भने ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : १५ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के