ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट « Khabarhub

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

बैंकमा जरिवाना बुझाएपछि चालक गोविन्दप्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमको शुभारम्भ गरे ।

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट सङ्कलन गर्दै प्रहरी नायब महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताए । सहज र प्रभावकारी ढङ्गले सेवाग्राहीको काम गर्न प्रहरी प्रतिबद्ध भएको भन्दै लामाले सहजरुपमा जरिवाना तिर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

बैंकिङ प्रणालीले प्रहरीको कामलाई सहज बनाउने भन्दै लामाले जरिवाना तिर्ने व्यक्तिलाई झण्झटिलो नहुने गरी काम गर्न निर्देशन दिए । प्रहरी कर्मचारी आर्थिक लोभ लालचबाट टाढा रहनुपर्ने भन्दै लामाले यसको नियन्त्रणको लागि आफू लागिरहेको बताए ।

प्रहरीलाई इमान्दार बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने भन्दै लामाले प्रहरी ठीक नभएसम्म सेवा प्रवाहसमेत ठीक नहुने भएकाले शुद्धीकरण अभियान सञ्चालन गरेको बताए ।

कार्यक्रममा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बाटोबाटोमा पैसा उठाउनका लागि बैंकिङ प्रणालीको सुरुआत गरिएको बताए ।

प्रहरीको सेवा प्रवाह समयसापेक्ष परिवर्तन गर्दै बैंकिङ प्रणाली लागू गरिएको कोइरालाको भनाइ छ । बैंकिङ प्रणालीबाट जरिवाना सङ्कलन गर्दा सजिलो र पारदर्शी हुने भन्दै कोइरालाले ट्राफिक प्रहरीको कामकाजसमेत छिटो छरितो हुने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सडकका कारण दुर्घटना बढ्दै गएको बताए । बैंकिङ प्रणालीमार्फत कारोवार गर्दा ट्राफिक प्रहरीलाई सहज भए पनि सवारी साधनका चालकलाई भने समस्या हुने भन्दै उनले जरिवाना तिर्नका लागि छुट्टै काउण्टर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बैंकमा लामो समयसम्म लाइन लाग्नुपर्ने तथा बजारमा पार्किङ गर्ने स्थानको अभाव हुँदा चालकलाई थप समस्या हुने सुवेदीको भनाइ थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : ४५ बजे

नर्वेकी एक पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला !

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हत्तपत्त देशभित्रका पत्रकारसँग दोहोरो सवाल-जवाफ

मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त

जनकपुरधाम– वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन

सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को

रुस–चीन ग्यास सम्झौता अनिश्चित, ‘पावर अफ साइबेरिया–२’ परियोजना अलपत्र

बेइजिङ – रुस र चीनबीच बहुचर्चित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक