समाजसेवी मित्रसेन दाहालको निधन « Khabarhub

समाजसेवी मित्रसेन दाहालको निधन


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । शुक्रबार बिहान हृदयाघातका कारण उनको निधन भएको हो । २०१९ सालामा ओखलढुङ्गाको रामपुरमा जन्मेका दाहाल काठमाडौँको चावहिलमा बस्दै आएका थिए ।

पारिवारिक स्रोतका अनुसार दाहाल बिहान आज बिहान करिब पौने आठ बजे घरमा अचानक अस्वस्थ भएका थिए । उनलाई तुरुन्तै ओम अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरुले पौने दश बजे मृत घोषणा गरेका थिए ।

दाहालका श्रीमती, दुई छोरा र एक छोरी छन् । आजै उनको दाहसंस्कार गरिने भएको छ ।

दाहाल आफू अध्यक्ष रहेको जेपी फाउन्डेसनमार्फत दुई दशकभन्दा लामो समयदेखि समाजसेवामा सक्रिय थिए । फाउन्डेसनले काठमाडौँको लप्सेफेदीमा ‘ज्येष्ठ नागरिक मैत्री सेवा आश्रम’ सञ्चालन गरेको छ ।

दाहाल नेपाली कांग्रेसमा सक्रिय थिए । उनी २०७४ सालको आमनिर्वाचनमा ओखलढुङ्गाको क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार थिए । उनी राजनीतिक सक्रियताका क्रममा जेल समेत परेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दाहालको निधनमा दुःख प्रकट गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : ५१ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न