सकियो प्रतिनिधिसभा विघटन मुद्दामाथिको बहस « Khabarhub

सकियो प्रतिनिधिसभा विघटन मुद्दामाथिको बहस


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटन मुद्दामाथिको बहस सकिएको छ । सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि सबै बहस सकिएको हो ।

यसैगरी फागुन १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जानकारी दिएका छन् ।  १० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीको पालो आएको थियो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको थियो भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन घोषणा गरेकी थिइन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ मुद्दा सर्वोच्चमा परेका थिए । ती मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ३ : १४ बजे

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले