सन् २०२३ सम्म फोल्डेबल आईफोन ल्याउँदै एप्पल « Khabarhub

सन् २०२३ सम्म फोल्डेबल आईफोन ल्याउँदै एप्पल


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एप्पलले पहिलो फोल्डेबल फोन ल्याउने भएको छ । हालै सार्वजनिक गरिएको एक विवरणअनुसार एप्पलले सन् २०२३ सम्ममा पहिलो फोल्डेबल फोन रिलिज गर्ने तयारी थालेको हो ।

एप्पलले उक्त फोनको डिजाइन तयार पारिसकेको छ । ‘आइफोन फ्लिप’ नाम रहने भनिएको उक्त फोनमा ओएलइडी डिस्प्ले रहनेछ । जोन प्रोसेसरले तयार पारेको एक रिपोर्टअनुसार फोनमा ७‍.३ देखि ७.६ इन्चबीचको डिस्प्ले हुनेछ ।

यो फोन ‘क्लामशेल’ आईफोन डिजाइनमा उपलब्ध हुने जनाइएको छ । अर्थात्, एप्पलले हाल बजारमा प्रचलित डिजाइन फोन टु ट्याब्लेट (फोल्ड गर्दा फोन र खोल्दा ट्याब्लेट) आकारको भन्दा फरक खाले डिजाइनको फोन निर्माण गर्नेछ ।

यो फोनलाई सामसुङ ग्यालेक्सी नोटमा जस्तै पेन्सिलको प्रयोग गरेर पनि चलाउन सकिनेछ । यसका साथै एप्पलले सिक्सजी टेक्नोलोजी र स्वचालित चल्ने कार निर्माणमा पनि काम थालेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ३ : ४५ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक