सन् २०२३ सम्म फोल्डेबल आईफोन ल्याउँदै एप्पल « Khabarhub

सन् २०२३ सम्म फोल्डेबल आईफोन ल्याउँदै एप्पल


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एप्पलले पहिलो फोल्डेबल फोन ल्याउने भएको छ । हालै सार्वजनिक गरिएको एक विवरणअनुसार एप्पलले सन् २०२३ सम्ममा पहिलो फोल्डेबल फोन रिलिज गर्ने तयारी थालेको हो ।

एप्पलले उक्त फोनको डिजाइन तयार पारिसकेको छ । ‘आइफोन फ्लिप’ नाम रहने भनिएको उक्त फोनमा ओएलइडी डिस्प्ले रहनेछ । जोन प्रोसेसरले तयार पारेको एक रिपोर्टअनुसार फोनमा ७‍.३ देखि ७.६ इन्चबीचको डिस्प्ले हुनेछ ।

यो फोन ‘क्लामशेल’ आईफोन डिजाइनमा उपलब्ध हुने जनाइएको छ । अर्थात्, एप्पलले हाल बजारमा प्रचलित डिजाइन फोन टु ट्याब्लेट (फोल्ड गर्दा फोन र खोल्दा ट्याब्लेट) आकारको भन्दा फरक खाले डिजाइनको फोन निर्माण गर्नेछ ।

यो फोनलाई सामसुङ ग्यालेक्सी नोटमा जस्तै पेन्सिलको प्रयोग गरेर पनि चलाउन सकिनेछ । यसका साथै एप्पलले सिक्सजी टेक्नोलोजी र स्वचालित चल्ने कार निर्माणमा पनि काम थालेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ३ : ४५ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र