ब्रेन स्ट्रोकपछि म्युजिक थेरापीमा राहुल « Khabarhub

ब्रेन स्ट्रोकपछि म्युजिक थेरापीमा राहुल


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ‘आशिकी’ फेम्ड अभिनेता राहुल रोय ब्रेन स्ट्रेकपछि पूर्ण स्वास्थ्य लाभको तयारी गरिरहेका छन् । अस्पतालबाट डिस्चार्ज भइसकेका यी अभिनेता यो समयमा आफ्नो घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् ।

राहुलले आफ्नो इन्स्टाग्राम एकाउण्टमा संगीतका माध्यमबाट स्पीच थेरापी गरिरहेको भिडियो पोस्ट गरेका छन् । उनलाई यो काममा उनकी बहिनीले सहयोग गरेकी छन् ।

भिडियोमा राहुलले सरगम गीत गाएका छन् । बहिनी गाएको गीतलाई उनले पछ्याइरहेका छन् । ब्रेन स्ट्रोकपछि उनको बोल्ने शैली प्रभावित भएको थियो । त्यही शैलीलाई सही स्थानमा ल्याउनका लागि उनले म्युजिक थेरापीको सहयोग लिएका छन् ।

‘ब्रेन स्ट्रोकपछि जीवनलाई सामान्य अवस्थामा ल्याउनु सजिलो काम होइन् । किनकी यो रोगबाट मुक्त हुन अझै केही समय लाग्नेछ । मलाई आशा छ कि मेरो यो रिकोभरी भिडियो तपाईंलाई मनपर्नेछ’, उनले लेखेका छन् ।

गत वर्षको नोभेम्बरमा कारगिलमा फिल्मको छायांकन भइरहँदा उनलाई ब्रेन स्ट्रोक भएको थियो । ब्रेन स्ट्रोकपछि उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको लामो समय उपचार भयो ।
–एजेन्सी

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : १५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण