नेपाल १ हजार ५८३ जना सक्रिय संक्रमित : स्वास्थ्य मन्त्रालयल « Khabarhub

नेपाल १ हजार ५८३ जना सक्रिय संक्रमित : स्वास्थ्य मन्त्रालयल


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ हजार ५८३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ६१९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ५९ बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको