‘बाघिरा’मा प्रभु देवाको फरक अवतार « Khabarhub

‘बाघिरा’मा प्रभु देवाको फरक अवतार


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– निर्देशक तथा अभिनेता प्रभु देवा कोरियोग्राफीमा पनि परिचित अनुहार हुन् । सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को निर्देशन पछि उनी यसको प्रमोसनमा व्यस्त छन् ।

प्रभु यतिबेला आफ्नो नयाँ लुक्सका कारण चर्चामा छन् । आधिक रवीचन्द्रनको निर्देशन रहेको फिल्म ‘बाघिरा’मा प्रभु एक पागल व्यक्तिको चरित्रमा देखिएका छन् । फिल्मको सार्वजनिक टिजर तथा पोस्टरमा उनको चरित्रलाई प्रस्तुत गरिएको छ ।

टिजरमा प्रभुलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा उनी बाघिरा मुरलीधरन चरित्रमा छन् । टिजरमा उनलाई ‘साइको राजा’का रुपमा प्रस्तुत गरिएको छ ।

भ्यालेन्टाइनको अवसर पारेर गत फेब्रुअरी १४ मा दक्षिण भारतीय स्टार धनुषले फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए । फस्टलुकमा अभिनेता प्रभुलाई अनुहार रगतसहित देखिएको थियो ।

रहस्यले भरीपूर्ण थ्रिलर फिल्ममा अमर्या दस्तुर, गायाथ्री शंकर, राम्या नाम्बीसान, जननी लायर, सञ्चीता सेट्टी, साक्षी अग्रवाल, सोनिया अग्रवाल, साई कुमार, नसर र प्रगथीलगायतको अभिनय छ ।
–एजेन्सी

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : ४५ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई