दाहाल–नेपाल समूहद्वारा ‘अबको परिस्थितिका लागि तयार रहन’ पार्टी पङ्क्तिलाई निर्देशन « Khabarhub

दाहाल–नेपाल समूहद्वारा ‘अबको परिस्थितिका लागि तयार रहन’ पार्टी पङ्क्तिलाई निर्देशन


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले अब जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर समेत संकलन गरिएको छ । बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले आफ्नो समूहले गर्दै आएको आन्दोलन अगाडि बढाउने विषयमा पनि छलफल भएको जनाए । त्यस्तै बैठकले पार्टीद्वारा घोषित चौथो चरणको संघर्षका कार्यक्रम सफल पार्न पनि निर्देशन दिएको उनले बताए ।

बैठकमा सांगठनिक एकीकरणको काम केही दिनभित्रै सक्ने विषयमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले राजनीतिक परिवर्तन जोगाउन नेकपा प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसार अगाडि बढेको आरोप लगाए । उनले प्रदेश नम्बर २ का प्रमुख परिवर्तन प्रधानमन्त्रीको दमनकारी नीति भएको टिप्पणी गरे ।

उनले निर्वाचन आयोगले नेकपाको आधिकारिकताबारे प्रस्ट्याउन ढिलाइ गरिरहेको भन्दै असन्तुष्टिसमेत पोखेका थिए ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा अन्तिम चरणमा पुगेको भन्ने खबर आएको र अब कसरी अघि बढ्ने भन्ने बारेमा बैठक केन्द्रित रहेको उनले बताए ।

निर्वाचन आयोगमा आवश्यक परे सशरीर उपस्थित हुनुपर्ने भएकाले केही दिन केन्द्रीय सदस्यहरूलाई उपत्यकाबाहिर नजान समेत भनिएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : २९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन