चेम्बर अफ कमर्सले गर्‍यो वार्षिकोत्सवका अवसरमा निबन्ध प्रतियोगिता « Khabarhub

चेम्बर अफ कमर्सले गर्‍यो वार्षिकोत्सवका अवसरमा निबन्ध प्रतियोगिता


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले ७० औँ वार्षिकोत्सवका अवसरमा निबन्ध प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगितामा पत्रकारिता क्षेत्रमा अध्ययनरत २० जनाले सहभागिता जनाएको चेम्बरले जनाएको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रतियोगितामा सहभागीहरुलाई स्वागत गर्दै चेम्बरको उद्देश्य तथा उपलब्धिका बारेमा जानकारी दिएका थिए ।

उनले मुलुकको आर्थिक विकाशमा परम्परागत प्रणालीबाट अनलाइन व्यापारसम्म आउँदा राष्ट्रिय अर्थतन्त्रमा यसले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार कुबेर चालिसेले चेम्बरको गरीमामय इतिहास भएको बताए । यसैगरी पशुपति बहुमुखी क्याम्पसका प्रमुख चन्द्रप्रसाद पन्तले निजी क्षेत्र र सरकारी क्याम्पसबीच सामिप्यता नरहेको अवस्थामा चेम्बरले पब्लिक क्याम्पसका विद्यार्थीहरुलाई प्रतियोगितामा समावेश गरी नयाँ परम्परा शुरु गरेकोमा धन्यवाद दिए ।

प्रतियोगितामा सहभागीहरुले वाणिज्य क्षेत्रको जानकारी प्राप्त भएको र आगामी दिनमा आर्थिक पत्रकारिता क्षेत्रमा थप सहयोग मिल्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ४५ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक