जुम्ला घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह « Khabarhub

जुम्ला घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले जुम्लाको घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याई परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गरेको छ ।

आयोगले जुम्लाको गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बालक पदमबहादुर बुढाको प्रहरीको कुटपीटबाट मृत्यु भएको भनिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आईसीयूमा रहेको शव उपयुक्त स्थानमा व्यवस्थापन गर्न, विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन तथा पीडित परिवारको संरक्षण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले उक्त घटनाको अनुगमन गरेको जनाइएको छ । आयोगको अनुगमन टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगी आईसीयूमा राखिएको शवको अवलोकन गर्नुका साथै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकसँग घटनाबारे जानकारी लिएको जनाइएको छ ।

निज बालकलगायत सात जनालाई मोबाइल चोरीको आरोपमा प्रहरीले गत माघ १८ गते पक्राउ गरेको, सोधपुछका क्रममा पाइपले कुटपीट गरी निजहरूलाई सोही दिन छाडेको, कुटपीटका कारण बुढाको बायाँ खुट्टाको पिँडौला र पाइतालामा नीलडाम परेको तथा खुट्टा सुन्निएको र उपचारकै क्रममा यही फागुन ५ गते निजको मृत्यु भएको आयोगको अनुगमनको क्रममा बुझिएको छ ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन जिल्ला प्रहरी कार्यालयलाई तथा मृत्यु भएको दुई दिन भइसक्दासमेत बालकको शव आईसीयूमा नै रहेको पाइएकाले तत्कालै उपयुक्त स्थानमा शव व्यवस्थापन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्राचार गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : ३५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा