चन्द्रगढी विमानस्थलमा हवाई इन्धनको डिपो राखिने « Khabarhub

चन्द्रगढी विमानस्थलमा हवाई इन्धनको डिपो राखिने


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापास्थित चन्द्रगढी विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ ।

हवाई सेवालाई सहज बनाउन डिपो स्थापनाका लागि नेपाल आयल निगम, झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको हो ।

यसअघि विमानस्थलकै एउटा कोठा भाडामा लिएर निगमले अस्थायी रुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको छ ।

नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए । उक्त जग्गामा पाँच करोड रुपैयाँको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने उनले बताए ।

पूर्वाधार निर्माणका लागि नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयले टेण्डर आह्वानका लागि पहल गर्ने भएको छ । विमानस्थलमा डिपो निर्माणसँगै छदेखि सात दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिने छ ।

उनका अनुसार यसअघि चन्द्रगढी विमानस्थलका लागि चाहिने इन्धन छिमेकी मुलुक भारतको सिलगुढीबाट खरीद गरी सिँधै विराटनगर पुर्‍याइने र गुणस्तर जाँचपछि मात्र चन्द्रगढी विमानस्थलमा ल्याउने गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना