चन्द्रगढी विमानस्थलमा हवाई इन्धनको डिपो राखिने « Khabarhub

चन्द्रगढी विमानस्थलमा हवाई इन्धनको डिपो राखिने


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापास्थित चन्द्रगढी विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ ।

हवाई सेवालाई सहज बनाउन डिपो स्थापनाका लागि नेपाल आयल निगम, झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको हो ।

यसअघि विमानस्थलकै एउटा कोठा भाडामा लिएर निगमले अस्थायी रुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको छ ।

नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए । उक्त जग्गामा पाँच करोड रुपैयाँको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने उनले बताए ।

पूर्वाधार निर्माणका लागि नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयले टेण्डर आह्वानका लागि पहल गर्ने भएको छ । विमानस्थलमा डिपो निर्माणसँगै छदेखि सात दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिने छ ।

उनका अनुसार यसअघि चन्द्रगढी विमानस्थलका लागि चाहिने इन्धन छिमेकी मुलुक भारतको सिलगुढीबाट खरीद गरी सिँधै विराटनगर पुर्‍याइने र गुणस्तर जाँचपछि मात्र चन्द्रगढी विमानस्थलमा ल्याउने गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : ५९ बजे

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास