म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा « Khabarhub

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बिहीबार राति भएको अन्तिम- १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १-० गोलले पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा पुगेको हो ।

युनाइटेड समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाइटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए ।

मिलानको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औँ मिनेटमा पोग्बाले गरेको गोल नै निर्णायक बन्यो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : १० बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप