अझै फेला परेनन् झा दम्पती « Khabarhub

अझै फेला परेनन् झा दम्पती


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत पर्छ, सोहर्वा गाउँ । सडक छेउमै छ, सौहर्वा माध्यमिक विद्यालय ।

त्यसको दक्षिणतर्फबाट साघुरो बाटो छ । साघुरो पक्की सडक भएर बाँयातर्फ दोस्रो घर मुसाफिर झाको छ । झाको घर चारैतिर पर्खालले घेरिएको छ । उनको तीन वटा घर छुटाछुट्टै छ । घरमा प्रवेश गर्नुअघि फलामको ढोका छ ।

ढोकाको बाँयापट्टी भान्से घर छ । त्यसको अगाडी दुई कोठे टाली भएको घर छ । त्यसको पछाडि छत ढलान भएको चार कोठे घर छ । २६ दिनपहिले राति खाना खाएर मुुसाफिर टोली भएको दक्षिणतर्फको कोठामा सुते ।

मुसाफिर सुतेकै कोठाको छेउमा उनका कान्छी बुहारी उषा झा सुतिन् । उनको श्रीमती गीता देवी पक्की घर भएको कोठामा सुतिन् । जेठी बुहारी अंशु झा दुई घर पर रहेको पुरानो घरमा सुत्न गइन् ।

कान्छी बुहारी उषा साढे १० बजे सुतेपछि बिहान ५ बजे निन्द्रा खुलेको बताईन् । उनका अनुसार बाहिर निस्किन खोज्दा बाहिरबाट ढोका थुनेको थियो । ‘ढोका ढक्ढक्याएँ, तर कसैले सुनेन् । एकछिन बेडमै अराम गरे,’ उनले भनिन्, ‘फेरि ६ बजे तिर ढोका ढक्ढक्याएँ । दिदी अंशु झाले खोलिन् ।’ दुबै जना काममा लागे । उषाले चिया पकाउन थालिन् ।

एकछिनपछि अंशु पक्की घरमा कामले जान लाग्दा ढोकामा पानी पोखिएको देखिन् । अलिकती अगाडी जाँदा, रगत पनि देखिन । सासु गीता देवी सुतेको कोठा खाली थियो । ओछ्यानसमेत नरहेको अंशुले सुनाईन् । आत्तिएर ससुरालाई बोलाउन छोरीलाई पठाइन । ‘छोरीले हजुर बुबा पनि घरमा नरहेको र ओछ्यान पनि नरहेको बताइन्,’ उनले भनिन्, ‘हामी आत्तियौं । छिमेकीलाई बोलायौं । चारै तिर खोज्यौ । गाउँमा हल्ला भयो । तर, कतै पनि भेट्नु भएनन् ।’

राति गाउँमा विवाहको डिजे बज्दा घरमा कुनै प्रकारको अवाज नसुनेको मुसाफिरकी बुहारी उषाको भनाइ छ । ‘राति बुबाआमा खाना खाएर चाँडै सुत्नु भएको थियो,’ कान्छी बुहारी उषाले भनिन्, ‘गाउँमा विवाहको डिजे बज्दा घरमा कुनै अवाज आएन ।’

२६ दिनदेखि झा दम्पती बेपत्ता छन् । घर सुनसान छ । घरमा खाना पाक्दैनन् । पाकेपनि कसैलाई पनि खाना रुच्दैन् । मुसाफिरको विवाह भइसकेको दुई छोरी पनि माइत आएकी छन् । छिछिनमा रुदैँ रुदैं बेहोस हुन्छिन् । मलिलो अनुहार बनाएर उनीहरु बसेकी छिन्, घरीघरी बुबाआमालाई सम्झेर रुन्छिन् ।

भारतमा रोजगारी गरिरहेका मुसाफिरका कान्छा छोरा मनिष पनि आएका छन् । बुबाआमा बेपताले उनलाई निकै पिरोलिएको छ । उनको दुबै आँखा रातो छ । अनुहारमा कुनै बेला पनि मुस्कान आउँदैनन् । मुसाफिरको जेठो छोरा चार वर्ष अगाडी स्वर्गबास भइसकेको छ ।

झा दम्पती बेपता भएको खबरले गाउँ भरी त्रास छ । २४ औं घण्टा प्रहरीले पहरा दिइरहेका छन् । विभिन्न कोणबाट प्रहरी अनुसन्धान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ । तर, प्रगति शुन्य जस्तै छ । प्रदेश प्रहरी प्रमूख धिरजप्रताप सिंहले विशेषत तीन वटा कोणबाट अनुसन्धान भइरहेको बताए ।

उनका अनुसार आर्थिक लेनदेन, व्यक्तिगत रिसइबी र पारिवारीक रिसइबीको कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । ४० वटा पोखरी सर्च भएको भन्दै दुई वटा पोखरीमा पानी खाली गरेर नै अनुसन्धान गरेको उनले जानकारी दिए । प्रहरीले छिमेकीसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ११ : ०६ बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले