युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ « Khabarhub

युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण खड्का र बाजुरा छेडदह गाउँपालिका–२ का २९ वर्षीय हिक्मत थापा छन् । उनीहरुको साथबाट युरेनियमजस्तो देखिने पदार्थ ३ ग्राम बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले बताइन् ।

उनका अनुसार युरेनियम नै हो भन्ने पुष्टि भएको छैन । यसअघि २८ फागुनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बौद्धबाट २ केजी ९ सय ग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको थियो । तर उक्त युरेनियम भएनभएको प्रमाणित भएको छैन्।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ११ : ३० बजे

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट