युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ « Khabarhub

युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण खड्का र बाजुरा छेडदह गाउँपालिका–२ का २९ वर्षीय हिक्मत थापा छन् । उनीहरुको साथबाट युरेनियमजस्तो देखिने पदार्थ ३ ग्राम बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले बताइन् ।

उनका अनुसार युरेनियम नै हो भन्ने पुष्टि भएको छैन । यसअघि २८ फागुनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बौद्धबाट २ केजी ९ सय ग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको थियो । तर उक्त युरेनियम भएनभएको प्रमाणित भएको छैन्।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ११ : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब