‘कृष्णलीला’मा सस्पेन्स पुष्प « Khabarhub

‘कृष्णलीला’मा सस्पेन्स पुष्प


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही चैत २७ गते रिलिज हुने फिल्म ‘कृष्णलीला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार पुष्प खड्का र नवनायिका श्रद्धा क्षेत्रीको प्रेम र विछोडलाई प्राथमिकता दिइएको छ ।

ट्रेलरमा अभिनेता पुष्पलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनको बोल्ने शैली अन्य फिल्मको भन्दा फरक देखाइएको छ ।

ट्रेलर हेर्दा सुरुवाती समयमा पुष्प र श्रद्धा प्रेममा परे पनि पछि भने प्रहरी गेटअपमा देखिएकी श्रद्धाले पुष्पलाई खोजिरहेको देखाइएको छ । तर के कारणले उनीहरु अलग्गिए भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।

ट्रेलरमा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीलाई पनि देखाइएको छ ।

दीपक वली निर्देशित फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : १५ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति