शनिबार ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै « Khabarhub

शनिबार ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व मुख स्वास्थ्य दिवस मनाइने भएको छ । समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले शनिबार विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मार्च २०  मा विश्व मुख स्वास्थ्य दिवस मनाउन लागिएको आयोजक संस्थाले जानकारी गराएको छ । कार्यक्रममा वरिष्ठ दन्त चिकित्सक सुवास घिमिरेले मुख स्वास्थ्यको औचित्यबारे प्रष्ट पारे । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बताए ।

त्यसैगरी डेन्टल एशोसियसनका अध्यक्ष प्रविन्द्र अधिकारीले दुर दराजमा समेत दन्त चिकित्सा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले नेपालमा ४ हजार भन्दा बढी दन्त चिकित्सकहरु रहेपनि सरकारले दरबन्दी खडा गर्न नसक्दा आफूँहरु मारमा परेको बताए ।

त्यसैगरी कार्यक्रममा डा. कुम्भराज जोशी, सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंलगायतले आ आफ्नो धारणा राखे ।

वर्ल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

मुख स्वास्थ्य दिवस २०२१ मा विभिन्न खाले जनचेतनामूलक कार्यक्रमहरु मनाइन लागेको एशोसियसनका अध्यक्ष अधिकारीले बताए। कार्यक्रममा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम २० मार्चअर्थात यही चैत्र ७ गते विहान ८ बजेदेखि चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलको प्राङ्गणमा हुनेछ । कार्यक्रमका मुख्य अतिथिी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्री कृष्ण गोपाल श्रेष्ठ रहने आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : ३० बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका