चाल्नाखेलमा मृत भेटिएका दुई किशोरको सनाखत « Khabarhub

चाल्नाखेलमा मृत भेटिएका दुई किशोरको सनाखत


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल जंगलमा मृत भेटिएका दुई किशोरको सनाखत भएको छ ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीय अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङ छन् ।

प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे ।

दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको काठमाडौँ प्रहरीका प्रवक्ता एवं एसपी रमेशबहादुर बस्नेतले बताए ।

शुक्रबार दिउँसो दुई जनाको शव भेटिएलगत्तै काठमाडौँ प्रहरी प्रमुख सिंह, एसपी बस्नेतसहितको टोली घटनास्थल पुगेको थियो ।

केन्द्रीय प्रहरी कुकुर विद्यालयबाट विशेषज्ञ कुकुर ल्याएर घटनास्थलमा छाडिएको थियो र फरेन्सिक विज्ञसहितको टोलीले जाँच गरेपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

घटनास्थल नजिकै सल्फस नामक विषादीको बट्टा भेटिएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : ५५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी