होटेलबाट परस्त्रीसहित वडाअध्यक्ष महरा पक्राउ « Khabarhub

होटेलबाट परस्त्रीसहित वडाअध्यक्ष महरा पक्राउ


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा एक होटेलबाट परस्त्रीसहित पक्राउ परेका छन् ।

जिल्लाको खोचलेकको एक होटलबाट महिलासहित महरालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुवैजनालाई बिहीवार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

वडा अध्यक्षकी श्रीमतीले दिएको सूचनाका आधारमा प्रहरीलाई उनीहरुलाई होटेलबाटै पक्राउ गरेको हो । वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका हुन् ।

घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ७ : ५३ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका