कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको मृत्यु



दोहा- कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीका सम्सुधिन मुसौमन छन् ।

यसघि बिहीबार मात्र कुवेतमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढेसंगै ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएको अनुमान गरिएको छ ।

कुवेतमा कोभिड १९ को संक्रमण तीब्र फैलिएपछि त्यसबाट जोगिन आवश्यक स्वास्थ्य सतर्कता अपनाउन नेपाली दूतावासले अनुरोध गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कुवेत सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गर्न अनुरोध गरेको हो ।

यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५६ हजार ९८७ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ४९ हजार ४६५ पुगेको छ भने अहिलेसम्म १ हजार ४४८ जनाको मृत्यु भैसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ४० बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने