एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित « Khabarhub

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्टार फरवार्ड केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार भएको खेलमा पीएसजीले घरेलु मैदानमा सेन्ट इटिनेमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सुरुवाती अग्रता इटिनेले बनाएको थियो ।

खेलको ७७ औँ मिनेटमा डेनिस बौन्गाले गोल गर्दै इटिनेलाई अग्रता दिलाएका थिए ।

७९ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । ८७ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।

इन्जुरी समयको दोस्रो मिनेटमा रोमियन हामुमाले गोल गर्दै इटिनेलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ३-२ को जित दिलाए ।

जितसँगै पीएसजीले ३३ खेलमा ६९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । इटिने ३९ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : २५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका