योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी « Khabarhub

योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन व्यवसायीले एकदिने मानसिक स्फूर्तिसम्बन्धी योग ध्यान गरेका छन् ।

पोखरा पर्यटन परिषद् र योगशालाको संयुक्त आयोजनामा बेगनास शिवालय योग रिसोर्टमा आयोजित उक्त योग शिविरमा सहभागीले मानसिक स्फूर्तिका लागि आवश्यक योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सवलगायतका विभिन्न विधि गरेर आफूलाई ताजगी गराएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

“कोभिड–१९ ले व्यवसायमा ठूलो असर पार्‍यो भने यसबाट सिर्जित अवस्थाले अधिकांश व्यवसायीलाई मानसिक तनाव निम्त्याएको छ, योग ध्यानको माध्यमबाट मानसिक स्फूर्तिका लागि यो कार्यक्रम सफल भएको महसुस हामीले गरेका छौँ,” भट्टराईले भने “हर कुनै परिस्थितिसँग अघि बढ्न मनस्थिति बलियो बनाउन आवश्य छ, योग ध्यानले मानिसलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गर्दछ ।”

पर्यटन यातायात व्यवसायी पोखराका अध्यक्ष बबरजङ्ग गुरुङले कोभिड–१९ ले व्यवसायमा देखिएको असहज परिस्थितिले निराशा थपेको जनाउँदै योग ध्यान विधिले संयम बनाएर तनावमुक्त हुने विधि सिक्न सफल भएको बताए ।

“अहिले व्यक्त गर्न नसकिने धेरै पीडा व्यवसायीमा छ, जसका कारण थुप्रै मानसिक तनावहरु भोग्नु परिरहेका छ, यस्तो अवस्थामा आफूलाई कसरी मानसिकरूपमा स्वस्थ राख्न सकिन्छ भन्ने कुरा योगको माध्यमबाट थाहा पाउने अवसर मिल्यो ।”

उनले योग ध्यानमा सहभागी हुँदा सकारात्मक ऊर्जा र आनन्दको महसुस गरेको प्रतिक्रिया दिए ।

कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित सञ्चालित उक्त कार्यक्रममा योग प्रशिक्षक स्वामी ध्यान सागर सुनिल श्रेष्ठले सहजीकरण गर्नुभएको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।

शर्माका अनुसार परिषद्सँग आबद्ध पर्यटन व्यवसायी, सञ्चारकर्मी गरी ३० जनाको सहभागिता रहेको थियो । पर्यटन व्यवसायीको मागलाई ध्यान दिँदै आगामी दिनमा पनि तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : २५ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय