शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ( सूचीसहित) « Khabarhub

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ( सूचीसहित)


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले विद्यालय बैशाख भर बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्दै वैकल्पीक रुपमा पठनपाठन गराउन सिफारिस गरेको थियो ।

बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको हो ।

यी हुन् विद्यालय बन्द हुने शहर

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकरभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरजस्ता शहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको प्रवक्ता गुरूङले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ११ : ३६ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र