माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विकसित राजनीतिक घटनाक्रमबारे अरू राजनीतिक दलसँग छलफल गर्नु पर्ने भएपछि स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

अचानक संसद अधिवेशन अन्त्य गरेपछि यसबारे अरू दलहरूको धारणा लिएर मंगलबार सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निर्णय लिन बैठक बस्ने उनले बताए ।

बैठक मंगलबार १ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले समर्थन फिर्ताबारे निर्णय लिने माओवादीको तयारी छ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ०८ बजे

बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा

‘सबै किसिमका परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा प्रयासरत छौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै

राष्ट्रपति पौडेलद्वारा भोटोजात्रा अवलोकन

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । उनले आज

‘चिन्ता नगरौं, यो भीडले राजा फर्काउँदैन’

गणतन्त्र नै सहि बाटो हो भनिरहनै परेन, यसमा हाम्रो जिन्दगीकै