संसद अधिवेशन अन्त्यबारे कुनै परामर्श भएको थिएन : सभामुख सापकोटा « Khabarhub

संसद अधिवेशन अन्त्यबारे कुनै परामर्श भएको थिएन : सभामुख सापकोटा


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशनबारे आफूसँग कुनै परामर्श नगरिएको बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेपछि प्रतिक्रिया दिँदै सापकोटाले आफूसँग यस विषयमा कुनै परामर्श नगरिएको स्पष्ट पारेका हुन् ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग छलफल नै नगरेको बताए ।

‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै परामर्श भएको थिएन’, उनले भने ।

सामान्यतया संसद अधिवेशन शुरू र अन्त्य गर्दा सरकारले सभामुखसँग परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री ओलीले संसदको बैठक बस्नु एक दिनअगावै अधिवेशन अन्त्य गराएका हुन् । संसद् बैठक मंगलबार बस्ने तय गरिएको थियो ।

प्रधानमन्त्री ओली सभामुख सापकोटासँग असन्तुष्ट छन् । शनिबार बसेको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री ओलीले सभामुखप्रति निकै असन्तुष्टि पोखेका थिए । ओलीले सभामुखकै कारण अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) संसदबाट अनुमोदन हुन नसकेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : १६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना