संसद अधिवेशन अन्त्यबारे कुनै परामर्श भएको थिएन : सभामुख सापकोटा « Khabarhub

संसद अधिवेशन अन्त्यबारे कुनै परामर्श भएको थिएन : सभामुख सापकोटा


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशनबारे आफूसँग कुनै परामर्श नगरिएको बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेपछि प्रतिक्रिया दिँदै सापकोटाले आफूसँग यस विषयमा कुनै परामर्श नगरिएको स्पष्ट पारेका हुन् ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग छलफल नै नगरेको बताए ।

‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै परामर्श भएको थिएन’, उनले भने ।

सामान्यतया संसद अधिवेशन शुरू र अन्त्य गर्दा सरकारले सभामुखसँग परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री ओलीले संसदको बैठक बस्नु एक दिनअगावै अधिवेशन अन्त्य गराएका हुन् । संसद् बैठक मंगलबार बस्ने तय गरिएको थियो ।

प्रधानमन्त्री ओली सभामुख सापकोटासँग असन्तुष्ट छन् । शनिबार बसेको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री ओलीले सभामुखप्रति निकै असन्तुष्टि पोखेका थिए । ओलीले सभामुखकै कारण अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) संसदबाट अनुमोदन हुन नसकेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : १६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको