लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिए « Khabarhub

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिए


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

आज नै कांग्रेस, माओवादी र जसपासहितका ४१ प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

सामाजिक विकास मन्त्री बरालले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूहरू दुवै जनाले मन्त्री पदबाट राजीनामा दिएको बताए । मुख्यमन्त्री पोखरेल आज कार्यालयमा गएका छैनन् ।

निवासमै राजीनामा दिन मन्त्रीहरू जाने प्रयास गरे पनि मुख्यमन्त्री पोखरेलले समय उपलब्ध नगराएपछि प्रदेश प्रमुख सचिवसमक्ष राजीनामा बुझाएको मन्त्री बरालले जानकारी दिए ।

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : ५९ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका