एमाले बैठकमा माधव नेपाल र प्रचण्डविरुद्ध ओलीको आक्रोश « Khabarhub

एमाले बैठकमा माधव नेपाल र प्रचण्डविरुद्ध ओलीको आक्रोश


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आक्रोश पोखेका छन् ।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा आफ्नै पार्टीविरुद्ध बेइमानी गरेर अक्षम्य अपराध गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै नेपालको आलोचना गरेका हुन् ।

शुक्रबार कर्णाली प्रदेशका माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध एमालेले अविश्वास प्रस्ताव ल्याउँदा एमालेकै नेपालपक्षीय सांसदहरूले फ्लोर क्रस गर्दा प्रस्ताव फेल भएको थियो ।

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाविरुद्ध दुष्प्रचार गरेको आरोप लगाए ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले हुँदै नभएको कुरालाई ‘ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग सहमति गरेको’ भनी आफूलाई बदनाम गर्ने उद्देश्यले दुष्प्रचार गरेको बताएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : २२ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका