माधव नेपालनिकट बिष्णु रिजाल बालुवाटार बैठकमा सहभागी « Khabarhub

माधव नेपालनिकट बिष्णु रिजाल बालुवाटार बैठकमा सहभागी


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहमा रहेका युवा नेता विष्णु रिजाल अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको बैठकमा सहभागी भएका छन् ।

बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका उनले ओली समूहमा खुल्दै नेपाल समूह छाडेको सन्देश दिएका हुन् ।

प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आएका नेता रिजालले पछिल्लो समय एमाले एकताबद्ध हुनुपर्नेमा जोड दिंदै आएका छन् । उनी माधव नेपाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार थिए ।

नेकपामा हुँदा रिजाल नेता नेपालकै जोडबलमा विदेश विभागको उप-प्रमुख बनाइएका थिए । अर्थमन्त्री विष्णु पौडेलसँग निकट सम्बन्ध रहेका नेता रिजाललाई नेपालको किचेन क्याबिनेटको सदस्यका रुपमा लिईन्थ्यो । उनी नेकपा हुँदा कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि निकट थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले त्यसको चर्को विरोध गर्दै आएका थिए ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । त्यसपछि उनी नेपालसँगै थिए । तर, पछिल्लो समय भने उनले प्रधानमन्त्रीको समर्थनमा सार्वजनिक रुपमा बोल्दै आएका छन् । प्रधानमन्त्री ओलीले बोलाएको आजको बैठकमा रिजाल सहभागी भएपछि उनले कित्ता परिवर्तन गरेको पुष्टि भएको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : ४३ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर