माधव नेपालनिकट बिष्णु रिजाल बालुवाटार बैठकमा सहभागी | Khabarhub Khabarhub

माधव नेपालनिकट बिष्णु रिजाल बालुवाटार बैठकमा सहभागी


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहमा रहेका युवा नेता विष्णु रिजाल अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको बैठकमा सहभागी भएका छन् ।

बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका उनले ओली समूहमा खुल्दै नेपाल समूह छाडेको सन्देश दिएका हुन् ।

प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आएका नेता रिजालले पछिल्लो समय एमाले एकताबद्ध हुनुपर्नेमा जोड दिंदै आएका छन् । उनी माधव नेपाल प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार थिए ।

नेकपामा हुँदा रिजाल नेता नेपालकै जोडबलमा विदेश विभागको उप-प्रमुख बनाइएका थिए । अर्थमन्त्री विष्णु पौडेलसँग निकट सम्बन्ध रहेका नेता रिजाललाई नेपालको किचेन क्याबिनेटको सदस्यका रुपमा लिईन्थ्यो । उनी नेकपा हुँदा कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि निकट थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले त्यसको चर्को विरोध गर्दै आएका थिए ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । त्यसपछि उनी नेपालसँगै थिए । तर, पछिल्लो समय भने उनले प्रधानमन्त्रीको समर्थनमा सार्वजनिक रुपमा बोल्दै आएका छन् । प्रधानमन्त्री ओलीले बोलाएको आजको बैठकमा रिजाल सहभागी भएपछि उनले कित्ता परिवर्तन गरेको पुष्टि भएको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : ४३ बजे

कैलालीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

सुदूरपश्चिम – कैलाली प्रहरीले गोदावरी नगरपालिका–८ स्याउले गाउँका दुई जनालाई

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख