नेपालमा एकैदिन १ हजार २८१ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु « Khabarhub

नेपालमा एकैदिन १ हजार २८१ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा सोमबार थप १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको सात हजार १ पीसीआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय ४७ वटा एन्टीजेन परिक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ । त्यस्तै, थप ८ जनाको कोरोना कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ९१ पुगेको छ ।

नेपालमा थप २ सय ५५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा सात हजार २५४ जना आइसोलेशन र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ३४ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया