माधव नेपालसहित ८ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय « Khabarhub

माधव नेपालसहित ८ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहका ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले दुई दिने अन्तिम चेतावनी युक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टी विपरित कार्य गर्न लगाउने थप ८ जनालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेकोलगायतका आरोप उनीहरूविरुद्ध लगाइँएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए नेताहरूलाई वैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने निर्णय समेत गरेको छ ।

यसअघि ‘२० जनालाई स्पष्टीकरण सोध्ने निर्णय’ भनिएकोमा बैठकले ८ जनालाई सोध्ने निर्णय गरेको जानकारी प्राप्त भएकाले क्षमा याचनासहित सच्याइएको छ । – प्रधान सम्पादक

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ४५ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको