प्रधानमन्त्री ओली भारतको शरण परेको देउवाको आरोप | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली भारतको शरण परेको देउवाको आरोप


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले सम्भव हुन नसकेको बताए ।

त्यस्तै, उनले प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जसपाले समर्थन गर्न लागेको तर्क गरे । पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री ओली अहिले भारतकै टाङमुनि छिरेको पनि उनले बताए ।

उनले भने, ‘ओलीले भारतसामु त्वम् शरणम् गरिसके । भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’

सभापति देउवाले कोरोना संक्रमण बढ्दै गएको भन्दै नेविसंघलाई यस्ता कार्यक्रम नगर्न आग्रह गरे ।

सभापति देउवाले नेविसंघमा रहेको गुटबन्दीप्रति पनि आपत्ति जनाए । एउटै क्याम्पसमा तीन चारवटा समूह रहेको भन्दै देउवाले यस्तो अवस्थामा नेविसंघलाई अघि बढ्न गाह्रो हुने बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : १५ बजे

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा