प्रधानमन्त्री ओली भारतको शरण परेको देउवाको आरोप « Khabarhub

प्रधानमन्त्री ओली भारतको शरण परेको देउवाको आरोप


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले सम्भव हुन नसकेको बताए ।

त्यस्तै, उनले प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जसपाले समर्थन गर्न लागेको तर्क गरे । पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री ओली अहिले भारतकै टाङमुनि छिरेको पनि उनले बताए ।

उनले भने, ‘ओलीले भारतसामु त्वम् शरणम् गरिसके । भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’

सभापति देउवाले कोरोना संक्रमण बढ्दै गएको भन्दै नेविसंघलाई यस्ता कार्यक्रम नगर्न आग्रह गरे ।

सभापति देउवाले नेविसंघमा रहेको गुटबन्दीप्रति पनि आपत्ति जनाए । एउटै क्याम्पसमा तीन चारवटा समूह रहेको भन्दै देउवाले यस्तो अवस्थामा नेविसंघलाई अघि बढ्न गाह्रो हुने बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : १५ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको