एमाले निकट खेलकुद महासंघले राष्ट्रिय भेला गर्दै « Khabarhub

एमाले निकट खेलकुद महासंघले राष्ट्रिय भेला गर्दै


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला मंगलबार काठमाडौँमा हुने भएको छ ।

महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खेलकुदको माध्यमबाट नेपालको बाम लोकतान्त्रिक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको विकासका लागि भेला आयोजना गरिएको जानकारी दिएको हो ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, सम्वृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नाराका साथ भेला आयोजना गर्न लागिएको भेला संयोजक रमेश पौडेलले जानकारी दिए ।

भेलामा ७७ वटै जिल्ला तथा आबद्ध विभिन्न खेल संस्थाहरुबाट करिब १ हजार जना प्रतिनिधिहरुको उपस्थितिमा खेलकुद र यस क्षेत्रको विकासका बारेमा छलफल गरिने उनले बताए । त्यस्तै आगामी कार्यदिशासहित केही महत्वपूर्ण घोषणाका साथै नेतृत्वको समेत पुनर्गठन गरि घोषणा गरिने पौडेलले बताए ।

भेलाको मंगलबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ३० बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक