धरहरा सर्वसाधारणका लागि आगामी माघमा मात्रै खुला हुने | Khabarhub Khabarhub

धरहरा सर्वसाधारणका लागि आगामी माघमा मात्रै खुला हुने



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते २२ तले नयाँ धरहरा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन भए पनि आमनागरिकका लागि झण्डै एक वर्षपछि मात्र धरहरा खुला हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरा निर्माणको काम ९८ प्रतिशत पूरा भएको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आममानिस चढ्न पाउने गरी तयारी गर्न र धरहरा परिसरको सजावट पूरा गर्न अब ९ महिना लाग्नेछ ।

‘निर्माण कम्पनी र प्राधिकरणबीच २०७८ पुस १० गतेसम्म सम्पूर्ण काम सम्पन्न गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘त्यसको करिब एक महिनापछि सर्वसाधारणका लागि धरहराको प्रवेशद्वार खुला गरिनेछ ।’

उनका अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेर प्राधिकरणलाई हस्तान्तरण गरेपछि मात्र सर्वसाधारणका लागि कार्यविधि बन्नेछ । कार्यविधिमा सर्वसाधारणले पालना गर्नुपर्ने मापदण्ड र नियम समावेश हुनेछ । कार्यविधि सरकारबाट स्वीकृत भएपछि धरहरा लागि खुला हुनेछ ।

हाल संग्रहालय निर्माणको काम भइरहेको छ । खिचापोखरीबाट टुँडिखेलसम्म बाटो निर्माण र पार्किङको काम ६० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

धरहरामा भर्‍याङसँगै लिफ्ट पनि राखिएको छ । दुई वटा लिफ्टमध्ये एउटा सञ्चालनमा आएको छ । अर्को लिफ्ट राख्ने काम हुँदैछ । एउटा लिफ्टमा एक पटकमा १० जना उभिन मिल्छ । धरहराको संरचना अपाङ्गमैत्री छ ।

अहिले धरहराको भित्र र बाहिर रङ लगाउने काम हुँदैछ ।

प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी त्रिपुरासुन्दरीको सम्झनामा ११ तलाको धरहरा निर्माण गराएका थिए । १९९० सालको भूकम्पले उक्त धराहरा भत्काएपछि ९ तलाको अर्को धरहरा गरिएको थियो ।

त्यस्तै २०७२ सालको भूकम्पले धरहरा फेरि तहसनहस भयो । निकै लामो छलफल र तयारी पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ धरहरा निर्माणको जिम्मा पाएको थियो ।

गजुरमा सुनको जलप

धरहराको गजुरमा सुनको जलप लगाइएको छ । सम्पदा विज्ञ मानन्धरका अनुसार धरहराको भग्नावशेषबाट २० तोला सुन निकालिएको थियो । प्राधिकरणले ७५ तोला खरिद गरेर गजुरमा ९५ तोला सुनको जलप लगाइएको छ ।

पार्किङको सुविधा

पहिले ५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । धरहरा परिसरमा तीन तले पार्किङको व्यवस्था हुनेछ । यहाँ सबैले सशुल्क पार्किङको सुविधा पाउनेछन् ।

पार्किङकमा एक पटकमा चार पाङ्ग्रे गाडी ३४७ वटा र कम्तीमा ७ सय मोटरसाइकल अट्नेछन् ।

आगन्तुकहरुका लागि आधुनिक शैलीमा धरहरा बनाउन जग्गा अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन खाली गराएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ०२ बजे

आजका समाचार : एकै ट्रकमा चीनतर्फ लाँदै गरेको २५ करोड, देशभरका क्याम्पसमा स्ववियु चुनाव र गाजामा फेरि इजरायलद्वारा नरसंहार

राजावादीको सक्रियता बढेपछि कांग्रेसले बोलायो बैठक, ठोस धारणा सार्वजनिक गर्नेपूर्वराजा

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा.

काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा

स्वास्थ्य बीमा पाँच लाख पुर्‍याउन हम्मे, तलबी कर्मचारीको खल्तीमा आँखा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा

पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि आर्मीलाई

पोखरा– पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले