वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यमा कोरोना « Khabarhub

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यमा कोरोना


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कलाकार श्रेष्ठले फेसबुक पेजमा लेख्दै आफू, छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

उनले संक्रमण भइसकेपछि निकै सास्ती हुने भन्दै खेलाँची नगर्न अपिल पनि गरेका छन्।

‘म लगायत मेरा छोरा, छोरी बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ। भइसकेपछि सास्ती चाहिँ हुने रहेछ।’ उनले लेखेका छन्, ‘त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला।’

https://www.facebook.com/yourMadanKrishnaShrestha/posts/318691529615075

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : १२ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य