गर्मीसँगै सर्पदंश उच्च « Khabarhub

गर्मीसँगै सर्पदंश उच्च



झापा – पूर्वी तराईमा गर्मीयाम शुरुभएसँगै सर्प डसाइको समस्या पनि बढेको छ । सर्पले डस्ने क्रम बढे पनि विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा पछिल्ला समय सर्प डसाइबाट उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको हो ।

झापाको दमकमा नेपाल रेडक्रस सोसाईटी उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा गर्मी बढेपछि दैनिक ६/७ जना सर्प डसाइको उपचारका लागि आउने गरेका छन् ।

सर्प डसाइका बिरामीलाई लक्षित गरी दमक र चारआलीमा सञ्चालित सर्प डसाइ उपचार केन्द्रमा केही दिन यता बिरामीको संख्या बढ्न थालेको उपचार केन्द्रका अधिकारीहरुले जनाएका छन् ।

रेडक्रस उपशाखाले करिब दुई दशकदेखि दमकमा सर्प डसाइ उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्रले बर्सेनी १२ सयका हाराहारीमा सर्प डसाइको उपचार गर्दै आएको उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीले जानकारी दिए । अहिले गर्मी र बर्षायामको शुरुवात तिर केन्द्रमा दैनिक ६/७ जना बिरामी आउने गरेको उनको भनाई छ ।

सजग रहन सुझाव
विज्ञहरुका अनुसार चैत, वैशाखदेखि जाडोयाम नसकिदाँसम्म दैनिक जसो सर्प डसाइका बिरामी उपचार गर्न आउने गर्छन् । दिनमा भन्दा साँझपख सर्प बढी सक्रिय रहने हुदाँ त्यसबेला सर्प डसाइका घटना अधिक हुने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

सर्प गर्मी छल्न तथा खानाका लागि जमिनबाट बाहिर निस्कने हुदाँ त्यसबेला मानिसलाई डस्ने गरेको छ । त्यसैले साँझ बिहान विशेष सतर्क रहनु पर्दछ । भण्डारीका अनुसार प्रकाश कम भएको स्थानमा काम गर्नेहरुले बढी सतर्क रहन आवश्यक छ । यस्तै सर्पको जोखिम भएको स्थानमा काम गर्नेले लामो जुत्ता तथा बुट लगाउनु पर्ने, शरीर ढाक्ने कपडा लाउने र हातमा समेत पञ्जा लगाएर जोखिम कर्म गर्न सकिन्छ ।

भारतीयलाई पनि सेवा
झापामा तीनवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । यी उपचार केन्द्रमा सिमावर्ती भारतबाट समेत सर्प डसाइको उपचारका लागि आउने गरेका छन् ।

दमकस्थित उपचार केन्द्रका भण्डारीका अनुसार भारतका बिहार तथा बंगालबाट पनि उपचार गराउन आउने गरेका छन् । यस्तै दमकको उपचार केन्द्रमा जिल्लासहित उत्तरी, पूर्वी मोरङ र इलामका दक्षिणी भेगका बासिन्दाले पनि उपचार सेवा लिने गरेका छन् ।

२०६१ सालदेखि चारआलीस्थित नेपाली सेनाको गणमा पनि सर्प डसाइ उपचार केन्द्र सञ्चालनमा छ भने जिल्लाको मध्यभाग कन्काई नगरपालिका ४ कोटिहोममा पनि कन्काई सहारा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ३० बजे

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले