नेपालमा पहिलो पटक ‘इम्प्याक्ट समिट’ आयोजना हुँदै « Khabarhub

नेपालमा पहिलो पटक ‘इम्प्याक्ट समिट’ आयोजना हुँदै


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यार्थीहरुको नोबेल प्राइजका रुपमा चिनिने हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ यस वर्षदेखि नेपालमा पनि हुने भएको छ ।

उक्त इम्प्याक्ट समिट यही अप्रिल २३ देखि २५ सम्म (२०७८ वैशाख १३ देखि १५ सम्म) आयोजना हुन लागेको हो ।

हल्ट प्राइज नेपालमा पहिलो पटक आयोजना हुन लागेको भएता पनि नेपाली विद्यार्थीहरुले यो कार्यक्रममा विगत पाँच वर्षदेखि सहभागिता जनाउँदै आएका छन् ।

हरेक वर्ष विश्वका विभिन्न देशमा आयोजना हुँदै आएको हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ आगामी शुक्रबार र शनिबार नेपालमा आयोजना गर्न लागिएको हो ।

विभिन्न चारवटा चरणमा आयोजना हुने हल्ट प्राइजको सुरुवाती अनक्याम्पस चरणबाट छ्नोट भएका विद्यार्थी इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्ने व्यवस्था रहेको छ ।

यस्तै अन्तिम दुई चरणलाई एसिलिएटर नाम दिइएको छ जसको पहिलो चरण बेलायत र अन्तिम चरण अर्थात फाइनल अमेरिकाको न्युयोर्कमा हुन्छ ।

फाइनलमा विजेता हुने एक टिमले फण्डिङ्स बापत १ मिलियन अमेरिकी डलर पाउने व्यवस्था रहेको छ ।

हल्ट प्राइजले विद्यार्थीहरुलाई उद्यमशीलता, नेतृत्व विकास लगायतका तालिम र उदाउँदा व्यवसायीलाई लगानीकर्ताहरुसँग तालमेल गराउँदै आएको आयोजकले जनाएको छ ।

यस वर्ष नेपालका ९० वटा अन्क्यापस चरणका विजेताले हल्ट प्राइजको इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्दैछन् ।

संसारकै सबै भन्दा ठूलो सामाजिक उद्यमशीलताको यो कार्यक्रममा हरेक वर्ष १ सय २१ भन्दा बढी मुलुकबाट तीन हजार भन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् ।

हल्ट प्राइजले विद्यार्थीहरुलाई उद्यमशीलता नेतृत्व विकास लगायत विभिन्न विषयमा निशुल्क तालिम तथा प्रशिक्षण पनि प्रदान गर्दै आएको छ ।

नेपालको तर्फबाट यस वर्षको इम्प्याक्ट समिटको नेतृत्व हल्ट प्राइज कम्युनिटी होल्डर सुसन गङ्गोलले गर्दैछन् ।

टिमको कोडिनेटरमा जयकिशन परियार, स्पोन्सरसिप कोर्डिनेटर महिमा पाण्डे, मिडिया म्यानेजर कृतिक रावल लगायत अन्य दश जनालाई विभिन्न कार्य विभाजन गरेर खटाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : २४ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै