कांग्रेस महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर « Khabarhub

कांग्रेस महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समितिले पार्टी महाधिवेशनको आन्तरिक कार्यतालिकामा केही हेरफेर गर्ने निर्णय गरेको छ ।

आज अबेर बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता वितरणको काम बैशाख १५ गतेसम्म सक्ने गरी कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको छ । त्यस्तै अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका क्रियाशील सदस्यहरुले बैशाख १२ गते फर्म लिएर ३० गते विवरण बुझाउन समय दिने निर्णय समेत गरेको छ ।

यसैगरी बैठकले क्रियाशील सदस्यहरुको सबै विवरण आफ्नो वेवसाइटमा राख्ने निर्णय गरेको छ । आजको बैठकमा अन्य राजनीतिक विषयमा कुनै छलफल नभएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना