वर्तमान राजनीतिक अन्योलमा कांग्रेस जिम्मेवार : प्रधानमन्त्री ओली (प्रतिवेदनसहित) « Khabarhub

वर्तमान राजनीतिक अन्योलमा कांग्रेस जिम्मेवार : प्रधानमन्त्री ओली (प्रतिवेदनसहित)


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा सोमबार ओलीले सो प्रतिवेदन पेश गरेका हुन् ।

ओलीले अहिलेको राजनीतिक अन्योलमा कांग्रेसलाई जिम्मेवार ठहराएका छन् । उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको दाबी छ ।

‘संसद्मा मुख्य विपक्षी नेपाली कांग्रेस यतिबेला अन्योलबाट गुज्रिरहेको छ । नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन’, ओलीको प्रतिवेदनमा छ, ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन । नेपाली कांग्रेसको यस्तो द्विविधा र कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको छ ।’

यस्तै, ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् । संसद पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान हुने सम्भावना एकदमै कम रहेको उनले बताए ।

प्रतिवेदनमा पार्टी एकीकरण, संकट र एकीकरण अन्त्यका तीन वर्षमा भएका उतारचढावबारे केन्द्रित रहेर विश्लेषण गरिएको छ । यस्तै संसदलाई अस्थिरताको थलो बनाउने प्रयास हुँदै गरेको, राजनीतिमा विकृति र विसङ्गतिको जोखिम बढेको र आफ्नै पार्टीका कतिपय नेताहरुले शक्तिकेन्द्रसँग साँठगाँठ गर्दै सरकारविरुद्ध गरेको घेराबन्दी र षडयन्त्र गरेकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरिएको उल्लेख गरिएको छ ।

यस्तै सरकारले तीन वर्षमा गरेका काम कारबाहीलाई पनि ओलीले आफ्नो प्रतिवेदनमा समेट्दै उत्साहपूर्ण ढंगले काम गरेको दावी गरेका छन् ।

प्रतिवेदनको पूर्णपाठ

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : २९ बजे

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ – भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण