वर्तमान राजनीतिक अन्योलमा कांग्रेस जिम्मेवार : प्रधानमन्त्री ओली (प्रतिवेदनसहित) « Khabarhub

वर्तमान राजनीतिक अन्योलमा कांग्रेस जिम्मेवार : प्रधानमन्त्री ओली (प्रतिवेदनसहित)


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा सोमबार ओलीले सो प्रतिवेदन पेश गरेका हुन् ।

ओलीले अहिलेको राजनीतिक अन्योलमा कांग्रेसलाई जिम्मेवार ठहराएका छन् । उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको दाबी छ ।

‘संसद्मा मुख्य विपक्षी नेपाली कांग्रेस यतिबेला अन्योलबाट गुज्रिरहेको छ । नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन’, ओलीको प्रतिवेदनमा छ, ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन । नेपाली कांग्रेसको यस्तो द्विविधा र कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको छ ।’

यस्तै, ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् । संसद पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान हुने सम्भावना एकदमै कम रहेको उनले बताए ।

प्रतिवेदनमा पार्टी एकीकरण, संकट र एकीकरण अन्त्यका तीन वर्षमा भएका उतारचढावबारे केन्द्रित रहेर विश्लेषण गरिएको छ । यस्तै संसदलाई अस्थिरताको थलो बनाउने प्रयास हुँदै गरेको, राजनीतिमा विकृति र विसङ्गतिको जोखिम बढेको र आफ्नै पार्टीका कतिपय नेताहरुले शक्तिकेन्द्रसँग साँठगाँठ गर्दै सरकारविरुद्ध गरेको घेराबन्दी र षडयन्त्र गरेकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरिएको उल्लेख गरिएको छ ।

यस्तै सरकारले तीन वर्षमा गरेका काम कारबाहीलाई पनि ओलीले आफ्नो प्रतिवेदनमा समेट्दै उत्साहपूर्ण ढंगले काम गरेको दावी गरेका छन् ।

प्रतिवेदनको पूर्णपाठ

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : २९ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा