सुभाषचन्द्र बोसको एक प्रेरक प्रसङ्ग « Khabarhub

सुभाषचन्द्र बोसको एक प्रेरक प्रसङ्ग


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालक सुभाष अन्य सबै विषयमा धेरै राम्रा थिए । तर बङ्गाली भाषा उनलाई अलिकति पनि आउँदैनथ्यो । उनले आफ्नो कमजोरी चिनेर यसलाई पूर्ण रुपमा भगाए ।

यस विषयमा सुभाषचन्द्र बोस आफैले लेखेका छन्बङ्गाली मेरो मातृभाषा भए पनि म यसको एक शब्द पनि पढ्न सक्दिनथेँ ।

अन्य विद्यार्थीलाई यसको राम्रो ज्ञान थियो । मलाई स्कुलको पहिलो दिनको घटना अझै पनि सम्झना छ । शिक्षकले मलाई गाईको बारेमा निबन्ध लेख्न भनेका थिए ।

मैले निबन्ध लेखेँ । म त्यस समय न त बङ्गाली भाषाको व्याकरण जान्दथेँ, न त मलाई शब्दको ज्ञान नै थाहा थियो । शिक्षकले मेरो निबन्ध पढेपछि सबै विद्यार्थी र शिक्षक खित्का छाडेर हाँसे ।

यो घटनाभन्दा पहिले कहिल्यै पनि विद्यार्थीहरु मेरो पढाइलाई लिएर हाँसेका थिएनन् । यो घटनाले मलाई मर्नुजत्तिकै बनायो ।

आफ्नो कक्षामा जान्थेँ, विद्यार्थीहरु मलाई देखेर मुस्कुराउँथे । अँग्रेजीमा चाहिँ म सधैँ प्रथम हुन्थेँ । केटाहरुको व्यङ्ग्य भरिएको मुस्कानले मलाई सियोले झैँ घोच्यो ।

म यस अपमानबाट रन्थनिएर उठ्थेँ । मैले बङ्गाली भाषा पूर्णरुपमा सिकेर छाड्ने दृढ सङ्कल्प गरेँ । त्यसपछि मैले दिनरात एक गरेर बङ्गाली भाषाको व्याकरण सिकेँ र पूरा कण्ठस्थ गरेँ ।

मैले यो भाषा राम्रोसँग जानेर पनि यसलाई गोप्य नै राखेँ । वार्षिक परीक्षा भयो । मेरा सहपाठी म बङ्गाली भाषामा अवश्य फेल हुनेछु भनी विश्वस्त थिए । उनीहरुको आशामा निराशा छायो । अन्य विषय सँगसँगै बङ्गाली भाषामा पनि म प्रथम घोषित भएँ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु पुस्तकबाट

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ५ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै