भूकम्पले १२ घर भत्किए, ४ जना घाइते (फोटो फिचर) « Khabarhub

भूकम्पले १२ घर भत्किए, ४ जना घाइते (फोटो फिचर)


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पले १२ घर भत्किएका छन् । घर भत्कँदा ४ जना घाइते भएका छन् ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले अहिलेसम्म १२ घर भत्किएको र ४ जना मानिस घाइते भएको जनाकारी आएको बताए । उनले घटनास्थलमा पुगेको जानकारी दिए ।

भूकम्पमा परी ८४ वर्षीया वृद्धा, ३६ वर्षीया महिला, २२ वर्षीय गोविन्द अधिकारी भूकम्प गएको बेला बार्दलीबाट हाम फाल्दा बेहोस भएको प्रजिअ लुइटेलले बताए ।

ठूला साना भुकम्पका धक्काहरु अझै पनि गइरहेको बेशीसहर नगरपालिकाका प्रेस सल्लाहाकार कृष्ण केसीले बताए ।

हेर्नुहोस् घटनास्थलका तस्वीर

तस्वीर : विकास गुरुङ

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ९ : ५६ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित